बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । लागूऔषधको बिक्री बितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसँगै आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ५ को एक घरबाट कमल गाउँपालिका- ४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका- ५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीया मिना राईलाई ८ ग्राम लागूऔषध ब्राउनसुगर र ३ थान मोबाइल सहित पक्राउ  गरेको हो ।

 यसैगरी झापाकै मेचीनगर नगरपालिका- ६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका- ४ का २० वर्षीय महममताज अलि २ ग्राम लागूऔषध ब्राउनसुगर सहित आइतबार साँझ पक्राउ परेका छन् । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलिलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएसँगै प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।