बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -६ स्थित बुट्टाबारीमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा -११ का २८ वर्षीय पुकार केसी रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको प्र-१-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकलमा सवार केसी गम्भिर घाईते अवस्थामा रहेको भन्ने जानकारी  प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्र स नि को कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागी बि एण्ड सि अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले मृत्यु घोषित गरेका थिए । 

OM Sai Pathibhara Hospital

कनकाई नगरपालिका -८ स्थित घाग्रापुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ना ६ख २०३३ नम्बरको ट्रकले केसीलाई ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।  ट्रक इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई र घटनाबारे थप अनुसन्धान साथै फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।