बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिभुखिकरण तालिम सञ्चालन भएको छ । श्रावण १५ गते बाट सञ्चालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालकालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

प्रहरी नायब उपरीक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिकमा पोखरेलले सहभागी प्रहरी कर्मचारीहरूलाई मनोसामाजिक परामर्श सम्बन्धी बिभिन्न विषयमा शिक्षण प्रदान गर्नु हुने छ । उक्त तालिमले सहभागी प्रहरी कर्मचारीहरूमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि  प्रदान गर्ने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।