झापा / मधेश प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले सोमबार राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

OM Sai Pathibhara Hospital

त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । उनीहरूले पार्टीको निर्देशन अनुसार नै राजीनामा दिएको बताएका छन् ।