बिर्तामोड / झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीलले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका- ९ बस्ने २३ वर्षीय प्रवास राजवंशी रहेका छन् ।

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital