बिर्तामोड / मोरङको पथरी शनिश्चरे नगरपालिका(३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय  राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।