बिर्तामोड / गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका डम्बर गिरिले चुनावमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले धरौटी बापत रु १०,०००  मात्रै खर्च भएको विवरण  निर्वाचन आयोगमा पेश गरेका हुन् । निर्वाचनमा प्रचारमा आवश्यक पर्ने निर्वाचन सामाग्री अरु साथीभाइ, शुभेच्छुहरूबाट सहयोगको रुपमा प्राप्त भएको उनले बताएका छन् । 

उनले भनेका छन् 'गत प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ गते झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभाको सदस्यको रुपमा मैले उम्मेदवारी दिएको थिए, कानुन सम्मत २०७९/०८/१५ गते दर्ता न ४१ मा सबै निर्वाचन खर्चको विवरण निर्वाचन कार्यलय झापामा पेश गरेता पनि तत्काल निर्वाचन कार्यलय झापाले निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने सम्बन्धमा भन्ने शीर्षक मा पत्र जारी गरिएकाले पत्र प्राप्त गरि यस मिडिया मार्फत म सार्वजनिक गर्दछु झापा क्षेत्र नम्बर ३ को गत प्रतिनिधि सभाको सदस्यको उम्मेदवार म डम्बर बहादुर गिरीले धरौटी बापत रु १०,००० अक्षेरेपी रु दस हजार मात्रै खर्च भएको जानकारी गर्दछु । केही निर्वाचन सामाग्री अरु साथीभाइ, शुभेच्छुहरूबाट सहयोग  भएको जानकारी गर्दछु' ।No description available.No description available.