झापा / पैंयाको लट्ठी प्रहार गरि सल्यानमा छोराले गरे आमाको हत्या गरेका छन् । मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका -१३ माथिल्लो सल्यानचौर निवासी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । घटना पश्चात नवीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लट्ठी प्रहारबाट गम्भिर घाइते भएकी भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । स्थानीय टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी हबल्दारको कमाण्डमा खटिएको तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । पक्राउ परेका भण्डारीलाई जिल्
काठमाडौं / चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन आएको छ । पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको हो ।सडक डिभिजन कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।
काठमाडौँ / ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरी रहेकी छिन् । उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्व- पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएर घ
बिर्तामोड / इलाममा धारिलो हतियार प्रयोग गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सूर्योदय नगरपालिका -२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरेका हुन् । घटनापछि तामाङ फरार रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार सोमबार राती पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्
काठमाडौँ / प्रहरीले १५७ किलो अवैध लागू औषध गाँजासहित बाराबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका -१ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका -९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका -२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं -२२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायब उप
काठमाडौं / अविरल बर्षासँगै आएको पहिरोले घर पुरिँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका सिक्रेनीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।
झापा / नेपाल प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले बाढीमा फसेका ८ जनाको सकुशल उद्धार गरेका छन् । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका हुन् । अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरूलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए ।यस्तै स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए रा
काठमाडौं / गएरातिबाट वर्षासँगै आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका- ६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको हो । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । पहिरोका कारण देशभरिका धेरै सडकखण्ड अवरुद्ध भएका छन् ।
काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भई हाल मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बिहानदेखि मुसलधारे वर्षा भइरहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही
काठमाडौं । महानगर भित्रका व्यापारिक कम्प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।कम्प्लेक्स डेभलपर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।सोमबार न्यायाधीश राजेन्द्र खरेलको इजलासले व्यापारिक कम्प्लेक्स भित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।यस अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्ट्याटस राख्दै निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले से
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.