झापा / पैंयाको लट्ठी प्रहार गरि सल्यानमा छोराले गरे आमाको हत्या गरेका छन् । मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका -१३ माथिल्लो सल्यानचौर निवासी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । घटना पश्चात नवीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लट्ठी प्रहारबाट गम्भिर घाइते भएकी भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । स्थानीय टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी हबल्दारको कमाण्डमा खटिएको तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































