काठमाडौँ / ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरी रहेकी छिन् । उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्व- पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।






































