काठमाडौं    ।   महानगर भित्रका व्यापारिक कम्‍प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कम्प्लेक्स डेभलपर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

OM Sai Pathibhara Hospital

सोमबार न्यायाधीश राजेन्‍द्र खरेलको इजलासले व्यापारिक कम्‍प्लेक्स भित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

यस अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  फेसबुकमा स्ट्याटस राख्दै निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताएका थिए।

महानगरले निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने भनेपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेका हुन्।