बिर्तामोड / इलाममा धारिलो हतियार प्रयोग गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सूर्योदय नगरपालिका -२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरेका हुन् । घटनापछि तामाङ फरार रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार सोमबार राती पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान श्रीमती बिच सामान्य झगडा भएको थियो ।

OM Sai Pathibhara Hospital

झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टिको भाग (घुच्चुक)मा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।