समाचार

    Showing 17,921-17,930 of 25,935 items.
  • विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात, गृहले बनायाे छानबिन समिति

    काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी.सदस्य रहेका छन् ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 199 पटक पढिएको
  • सहारा कम्पनीको ग्यास सिलिन्डर बिस्फोट

    सर्लाही  ।  सर्लाही बलरा नगरपालिका वडा.न.४ मा (सहारा कम्पनी को) ग्यास सिलिन्डर बिस्फोट भइ ठूलो जनधनको क्षति भएको छ।  सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास पड्किएको छ । सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठामा क्षति पुगेको छ ।स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ । सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 559 पटक पढिएको
  • विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

    काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रवार बिहान करिब १२ बजेको समयमा प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रक

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 418 पटक पढिएको
  • हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

    काठमडौं । हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन्। प्रसाईंको अनामनगरस्थित घरबाट अवैध हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएका सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूबाट ३० लाख १८ हजार बरामद भएको छ। पक्राउ परेकाहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 238 पटक पढिएको
  • सहकारी ठगी अभियोगमा नेपाली विरुद्ध रेड कर्नर नोटिस

    काठमाण्डौ  ।  सहकारी ठगी अभियोगमा फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।मेयर नेपालीविरुद्ध कास्कीको पोखरा र बागलुङमा रहेको इमेज सहकारीबाट डेढ अर्बभन्दा बढि बचत हिनामिना गरेको आरोप छ । रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलमार्फत उनको खोजी भइरहेको बताइएको छ ।मेयर नेपाली गत वैशाखदेखि फरार छन् । केही समयअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । उनले रकम फिर्ता गर्नका लागि आफूसँग भएको घरजग्गा विक्री गर्नुपर्ने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 302 पटक पढिएको
  • ईमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ ।सीआइबीले निसीखोला गाउँपालिका -३ स्थायी घर रहेकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए । सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीले जनाएको छ ।सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष न

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 220 पटक पढिएको
  • बानेश्वरकाे सडकमा गुड्दागुड्दै भासियाे बस

    काठमाडौं  ।  नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अगाडि सडकमा गुडिरहेको बस भासिएको छ।कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ३७६२ नम्बरको यात्रुवाहक बस सर्भिस लेनतर्फको सडकमा गुड्दागुड्दै भासिएर कोल्टो परेको हाे।बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए। उक्त बस हटाउने प्रयास भइरहेको छ। केही वर्षयता साे क्षेत्रमा सडक स्तराेन्नतिकाे काम भइरहे पनि बेलाबेलामा समस्या देखा परिरहेकाे  हुन्छ।दुई वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 330 पटक पढिएको
  • सरकारी अनुदानको मल बाटोबाटै गायब

    नेपालगन्ज  । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय  सरकारबाट अनुदान प्राप्त भएको थियो। उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने ब

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 170 पटक पढिएको
  • झापा बाह्रदशीमा एकजना मृत अवस्थामा भेटिए

    झापा  ।  झापाको बाह्रदशीमा एकजना मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साबिक राजगढ ८ का रविन उप्रेती त्रिवेणीचोकमा आज बिहान मृत अवस्थामा फेला परेका छन। उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरे पनि घटना शङ्कास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 350 पटक पढिएको
  • ब्राउन सुगर सहित १ जना पक्राउ

    झापा  ।  झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशी रहेका छन् । बिहिबार दिउसो ११ बजे अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल साईकलमा आउदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका राजवंशीलाइ वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.