काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ ।सीआइबीले निसीखोला गाउँपालिका -३ स्थायी घर रहेकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।Screenshot_2024_0126_132835

सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए । सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् ।