काठमाण्डौ  ।  सहकारी ठगी अभियोगमा फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।Screenshot_2024_0126_184135

मेयर नेपालीविरुद्ध कास्कीको पोखरा र बागलुङमा रहेको इमेज सहकारीबाट डेढ अर्बभन्दा बढि बचत हिनामिना गरेको आरोप छ । रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलमार्फत उनको खोजी भइरहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

मेयर नेपाली गत वैशाखदेखि फरार छन् । केही समयअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । उनले रकम फिर्ता गर्नका लागि आफूसँग भएको घरजग्गा विक्री गर्नुपर्ने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।