झापा  ।  झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशी रहेका छन् । बिहिबार दिउसो ११ बजे अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल साईकलमा आउदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका राजवंशीलाइ वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भईरहेको छ ।