काठमाडौं  ।  नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अगाडि सडकमा गुडिरहेको बस भासिएको छ।FB_IMG_1706253177551

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ३७६२ नम्बरको यात्रुवाहक बस सर्भिस लेनतर्फको सडकमा गुड्दागुड्दै भासिएर कोल्टो परेको हाे।FB_IMG_1706253182078

बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए। उक्त बस हटाउने प्रयास भइरहेको छ। केही वर्षयता साे क्षेत्रमा सडक स्तराेन्नतिकाे काम भइरहे पनि बेलाबेलामा समस्या देखा परिरहेकाे  हुन्छ।FB_IMG_1706252848596 1

दुई वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।