काठमडौं । हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन्। 

प्रसाईंको अनामनगरस्थित घरबाट अवैध हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएका सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।FB_IMG_1706272852166

OM Sai Pathibhara Hospital

उनीहरूबाट ३० लाख १८ हजार बरामद भएको छ। पक्राउ परेकाहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए।