सर्लाही  ।  सर्लाही बलरा नगरपालिका वडा.न.४ मा (सहारा कम्पनी को) ग्यास सिलिन्डर बिस्फोट भइ ठूलो जनधनको क्षति भएको छ।  

सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास पड्किएको छ । सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठामा क्षति पुगेको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ । सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ ।

FB_IMG_1706276754215FB_IMG_1706276757155FB_IMG_1706276761084FB_IMG_1706276749529FB_IMG_1706276743253Screenshot_2024_0126_193435