समाचार

    Showing 16,451-16,460 of 23,767 items.
  • बस दुर्घटनाहुदा ३५ जना घाइते , ७ जनाको अवस्था गम्भिर

    काठमाण्डौ  ।   पोखराको छोरेपाटनबाट विश्व शान्ति स्तूप जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् । ग१ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने ठाउँमा पुगेपछि बाटोबाट तल खसेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई अस्पताल लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 147 पटक पढिएको
  • भारतीले सुरु गरिन् रिले अनसन

    काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगन्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन्।श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।भारतीले आजबाट पुनः माइतीघर मण्डलामा रिले अनसन सुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 142 पटक पढिएको
  • संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु हुँदैन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन्।काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताए। उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। नेपालले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए। अध्यक्ष नेपालले पुराना राजनीतिक दल विभ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 178 पटक पढिएको
  • राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन्।विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ।भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बे

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 228 पटक पढिएको
  • इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित

    काठमाडौं    ।    इजरायल र हमासबीच २२  दिनदेखि जारी युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । महासभाबाट शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।यो प्रस्तावको पक्षमा नेपाल सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरे । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्‍यो । न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई ती

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 183 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदलीदेखि मौ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 203 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति देशभर आंशिक बदलीदेखि मौ

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • 173 पटक पढिएको
  • प्रधान सेनापति प्रभुराम शर्मा चीन प्रस्थान, कायममुकायममा सीताराम खड्का

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे ।भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 146 पटक पढिएको
  • गुटेरेस कात्तिक १२ गते नेपाल आउने

    काठमाडौँ   ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर)  नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्न

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 141 पटक पढिएको
  • यार्सागुम्बा ३८ करोड रुपैयाँ बढीको निर्यात

    काठमाडौं  ।  चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात गरिएको हो । गत वर्ष सो समयावधिमा ३ सय १४ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 132 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.