काठमाडौं- प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चालु चौथो अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य हुने घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो (आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।