काठमाडौं- विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छन् । 

आज भएको समिति सभापति निर्वाचनमा दालले नेकपा (एकीकृत समाजवादी) की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

समितिमा दुवै तर्फको ७/७ मत प्राप्त भएपछि समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले सभापतिको तर्फबाट दाहाललाई आफ्नो मत दिएका थिए । 

सभापतिमा निर्वाचित भएसँगै उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गरे । सो क्रममा उनले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताइन् । 

‘यो नियमित प्रक्रिया हो । अहिले दुई दुई वर्षको समय निर्वाचन भएको हुनाले र म हिजोदेखि नै विधायन समितिमा बसेर काम गरेको हुनाले । तीन वटा विधेयक छन् हामीसँग । ति तीन वटा विधेयकमा हामी काम गर्नेछौँ ।’ दाहालले भनिन् । 

उनले अहिले समितिसँग तीन वटा विधेयक रहेको र यसलाई थप परिस्कृत बनाउने गरी अघि बढ्ने बताइन् ।