काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ नौकिलोमा आइतबार सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा रहेको तारजाली भासिएर करिब पाँच मिटर भाग चिरिएको छ । 

OM Sai Pathibhara Hospital

सडक एक फिटजति दबिएको हुँदा यातायात एकतर्फी सञ्चालन गरिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर मर्मत कार्य अघि बढाउने तयारी गरिएको छ ।