काठमाडौं–चितवनको भरतपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौंबाट उड्न लागेको जहाजमा समस्या देखिएपछि यात्रुहरूलाई ओरालिएको हो ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएपछि ट्याक्सी वे इकोमा रोकेर यात्रुहरूलाई ओरालिएको हो । यस घटनाले अन्य जहाजहरूको उडानमा पनि समस्या उत्पन्न भएको थियो । विमानस्थल स्रोतका अनुसार अवतरणमा कुनै समस्या नभए पनि आन्तरिक उडानका जहाजहरू ढिला भएका हुन् ।