काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक\दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ। 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।