समाचार

    Showing 16,411-16,420 of 25,875 items.
  • विधायन व्यवस्थापन समिति : दशैँअघि नै दुई विधेयकमा छलफल सक्ने

    काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।.शुक्रवार बसेको समितिको बैठकपछि समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी हुन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निणर्य गरेको छ । उनले भनिन्, ‘चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 223 पटक पढिएको
  • शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँः सांसदहरु

    काठमाडौं- सत्तारुढ काँग्रेस-एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् ।शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद रघुजी पन्तले शिक्षकहरुलाई दलीय राजनीतिक संलग्न नगराउने कानून यसअघि नै बनेको र यसलाई कडाईका साथ सरकारले लागू गर्नुपर्ने बताएका हुन् । एमालेका सांसद पन्तले मुलुकलाई अघि बढाउन शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता भएकाले पनि सरकारले शिक्षकहरुलाई राजनीति नगर्ने गरी व्यवस्था गरिएको कानूनको प्रभावकारी ढंगले कार्यान्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 305 पटक पढिएको
  • हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बनेका बालेनको यो तस्बिर

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेन सामाजिक सञ्जालमा निक्कै चर्चामा आइरहन्छन् । उनी अहिले हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बन्दाको तस्बिरले चर्चामा छन् । यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।यस क्रममा काठमाडौं महानगरपालिकाले सव: भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो। कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्श

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 204 पटक पढिएको
  • प्रचण्ड भन्छन्— नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको महत्व बढ्दै गयो

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेण्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’ उनले भने, ‘तर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 328 पटक पढिएको
  • ६ शेर्पाले चुचुरो टेकेको भोलिपल्ट १० आरोही मनासलु चढे

    काठमाडौं— शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले भने, 'चुचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन् ।'पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्न

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 312 पटक पढिएको
  • प्रधानन्यायाधीश र दुई राजदूतका लागि प्रस्तावित उम्मेदवारहरूविरुद्ध उजुरी आह्वान

    काठमाडौं–संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित प्रकाशमान सिंह राउत र बेल्जियम तथा अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूतहरू सेवा लम्साल र चित्रलेखा यादव विरुद्ध उजुरी आह्वान गरेको छ । १० दिनभित्र उजुरी दिन सकिने समितिले जनाएको छ ।मन्त्रिपरिषद्ले राउतलाई प्रधानन्यायाधीश‚ लम्साललाई बेल्जियम र यादवलाई अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएका कान्ता रिजालमाथि उजुरी परेपछि यादवको नाम अघि सारिएको हो ।

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 430 पटक पढिएको
  • प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घ महासभामा भाग लिन न्यूयोर्क जाँदै

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन आज न्यूयोर्क जाँदैछन्। असोज १० गते उनले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । महासभाको यो वर्षको मुख्य विषय ‘कोही पनि पछाडि नछोडिने: शान्ति, दिगो विकास र मानव मर्यादा’ रहेको छ । ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । उनले महासभाको अतिकम विकसित देशहरूको सम्मेलन, समुद्री सतह वृद्धि र एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकहरूमा सम्बोधन गर्ने छन् ।ओलीले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले संयुक

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 473 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरु, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन\चट्याङ्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 340 पटक पढिएको
  • वि.सं. २०८१ असोज ०४ गते शुक्रबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। परिवारमा मेलमिलाप रहनेछ । पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि साम

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 690 पटक पढिएको
  • रवि लाछिानेको ठोकुवा : शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन । बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए । संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको लामिछानेको भनाई छ । सभापति लामिछानेले रास्वपाले शासकीय स्वरु

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.