काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।.

शुक्रवार बसेको समितिको बैठकपछि समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी हुन् । 

OM Sai Pathibhara Hospital

समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निणर्य गरेको छ । 

उनले भनिन्, ‘चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर नविकरणीय ऊर्जा सम्बन्धी विधेयकको बारेमा त्यसको समितिको गठनको प्रक्रिया के हुन्छ ? कति सदस्यीय समिति हुन्छ ? त्यसको नेतृत्व कसले गर्छ ? केन्द्र ठूलो कि समिति ठूलो भन्ने विषयमा निणर्य गर्‍यौँ ।’

समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निणर्य पनि गरेको सभापति दाहालले जानकारी दिइन् ।