काठमाडौं–संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित प्रकाशमान सिंह राउत र बेल्जियम तथा अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूतहरू सेवा लम्साल र चित्रलेखा यादव विरुद्ध उजुरी आह्वान गरेको छ । १० दिनभित्र उजुरी दिन सकिने समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले राउतलाई प्रधानन्यायाधीश‚ लम्साललाई बेल्जियम र यादवलाई अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएका कान्ता रिजालमाथि उजुरी परेपछि यादवको नाम अघि सारिएको हो ।