काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन आज न्यूयोर्क जाँदैछन्। असोज १० गते उनले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । महासभाको यो वर्षको मुख्य विषय ‘कोही पनि पछाडि नछोडिने: शान्ति, दिगो विकास र मानव मर्यादा’ रहेको छ । 

ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । उनले महासभाको अतिकम विकसित देशहरूको सम्मेलन, समुद्री सतह वृद्धि र एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकहरूमा सम्बोधन गर्ने छन् ।

OM Sai Pathibhara Hospital

ओलीले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन् । साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य अधिकारीहरू छन् । ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।