काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेन सामाजिक सञ्जालमा निक्कै चर्चामा आइरहन्छन् । उनी अहिले हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बन्दाको तस्बिरले चर्चामा छन् । 

यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।

OM Sai Pathibhara Hospital

यस क्रममा काठमाडौं महानगरपालिकाले सव: भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो। कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रूपमा  सहभागिता जनाए। 

कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो।