काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन । 

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए । 

संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको लामिछानेको भनाई छ । 

सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे । 

उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको भन्दै दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए । 

दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा आत्मविश्वास नदेखिएको लामिछानेको तर्क छ । उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको आरोप समेत लगाए । उनले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको धारणा राखे ।