समाचार

    Showing 16,291-16,300 of 25,875 items.
  • परराष्ट्रले भन्यो- लेबनानका नेपाली सुरक्षित

    काठमाडौं— परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो । मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध पनि गरेको छ । थप कुनै सहयोग तथा जानकारी आवश्यक परे नेपाली दूतावास कायरो, अवैतनिक वाणिज्य दूतावास बेरुत र परराष्ट्रमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 211 पटक पढिएको
  • प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ आज

    काठमाडौं— सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको आज संसदीय सुनुवाइ समितिमा  संसदीय सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ। समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग हिजो छलफल गरेको छ। राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो। समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो।  बैठकमा प्रस्तावित प्रधानन्याय

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 259 पटक पढिएको
  • कांग्रेस एमाले सांसदले आधा महिनाको, माओवादीले १० दिनको तलब राहत कोषमा जम्मा गर्ने

    काठमाडौं— सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन्। दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको हकमा भने एक महिनाको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरिसकेको छ। यसैगरी कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।&nbs

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 274 पटक पढिएको
  • वैकल्पिक मार्गबाट खोटाङ-काठमाडौं बस चलाइने

    काठमाडौं— खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाण्डौ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन हुने भएको हो । क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकु

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 271 पटक पढिएको
  • कसरी उज्यालो मै नारायणगढ पुग्छन् काठमाडौंबाट छुटेका बस ?

    काठमाडौं— काठमाडौंबाट छुटेका गाडी उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा हिजो भएको छलफलले गाडी छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो गाडी नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले त्यसैअनुसार यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको हो । बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक गाडीले अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र गाडी गर्न यातायात व्यवसायीलाई

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 468 पटक पढिएको
  • काठमाडौंबाट छुटेका सवारीसाधनलाई उज्यालोमै नारायणगढ पुर्‍याउने निर्णय

    काठमाडौं – काठमाडौंबाट छुटेका सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गरिने भएको छ। मङ्गलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरूको छलफलले सवारीसाधनको सुरक्षित यात्रा सुनिश्चित गर्न १० बुँदे निर्णय गरेको हो । छलफलमा यातायात व्यवसायी, प्रहरी, र यातायात मजदुरको सहभागिता थियो। बैठकले सवारीसाधनहरूलाई पिउने पानी, प्राथमिक स्वास्थ्य सामग्री, र खान मिल्ने आवश्यक सामग्री लिएर मात्र सञ्चालन गर्न अनुरोध गर्‍यो। यातायात व्यवसायीलाई यात्राका लागि समय व्यवस्थापन गर्न र सुरक्षा निकायले सहजीकरण गर्न सहमति भएको छ ।बैठकले बाढीपहिरोमा

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 370 पटक पढिएको
  • बाढीपहिरामा २२८ जनाको मृत्यु, २५ बेपत्ता

    काठमाडौं – हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना अझै बेपत्ता छन् । बाढी र पहिरोका कारण एक सय ५८ जना घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। सरकारको तर्फबाट खोज, उद्धार, र सहायता कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ । प्रभावितलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको छ भने घाइतेहरुको निःशुल्क उपचार भइरहेको छ ।प्रवक्ता तिवारीले सरकार उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको र यातायात सञ्चालनका लागि अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 440 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक\दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बाग्मती

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 395 पटक पढिएको
  • जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं– सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ बजेर २१ मिनेटमा ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो। यसअघि, भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 491 पटक पढिएको
  • झ्याप्ले खोलामा २ बजेसम्म गाडी चलाउन रोक

    काठमाडौं— नौबिसे खण्डको झ्याप्ले खोलामा अहिले दिउँसो २ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।झ्याप्ले खोलामा पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि आज दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएको छ ।लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि नेपाल प्रहरीले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.