काठमाडौं – हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना अझै बेपत्ता छन् । बाढी र पहिरोका कारण एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। सरकारको तर्फबाट खोज, उद्धार, र सहायता कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ । प्रभावितलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको छ भने घाइतेहरुको निःशुल्क उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

प्रवक्ता तिवारीले सरकार उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको र यातायात सञ्चालनका लागि अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।