काठमाडौं— सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको आज संसदीय सुनुवाइ समितिमा  संसदीय सुनुवाइ हुने भएको छ।

सुनुवाइका लागि समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ। समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग हिजो छलफल गरेको छ।

OM Sai Pathibhara Hospital

राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो।  बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ।

यस्तै समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवलाई पनि बोलाएको समितिका एक सदस्यले जानकारी दिए। आज यादवको पनि सुनुवाइ हुनेछ।