काठमाडौं– सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ बजेर २१ मिनेटमा ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो। यसअघि, भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।