काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।यसैबीच सांसद गुरुङको कैद फैसला सर्वोच्चले सदर गरेपछि
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या देखिएपछि केही दिनलाई भेटघाट बन्द गरिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।डेंगुको आशंकासहित रगत परिक्षणका लागि ल्याब पठाइएको उनले बताए । ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो।दोस्रो पटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको बताइएको छ ।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो।अद
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको कार्यक्षमता बढाउन रनवेसँग समानान्तर ट्याक्सी वे निर्माण गर्ने कार्यको लागि यो समयावधि तोकेको हो। यो निर्माण कार्य ५ महिना सञ्चालन हुनेछ।प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढ्ने अनुमान छ। यसले गर्दा जहाजहरूले ल्यान्डिङपछि रनवेबाट सीधा एप्रोनमा जानसक्नेछन्, जसले रनवेको समयको उपयोग घटाउनेछ। अधिकारीले यो काम गर्ने समयलाई उपयुक्त मानिएको कारण पनि व्याख्या गरेका छन्। गर्मी र मनसुनमा य
पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार गरेकाे हो ।निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ । रास्वपाका कार्यकर्ताले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रमा लिएको छ ।रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरामा प्रदर्शन गरिरहेको छ ।सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरू भने प्रदर्शनमा उत्
काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी भएका छन् ।सोमबारदेखि संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लासगोमा सञ्चालन भएको इन्टरपोलको ९२ औं महासभामा नेपालबाट आईजीपी कुँवर सहभागी भएका हुन् ।महासभा २२ गतेसम्म चल्नेछ । यो महासभा विश्वभरका कानून प्रवर्तन एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सहयोग, र सुरक्षा प्रविधिमा आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च हो ।महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ । सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात
काठमाण्डौ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा, बाँकी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भाग
काठमाडौं–अर्घाखाँचीको भूमिकास्थान नगरपालिका क्षेत्रमा तिहारको भैलो खेल्ने क्रममा बसको ठक्करले दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको पहिचान भएको छ, जबकि अर्काको पहिचान अझै खुल्न सकेको छैन।आज बेलुका ५ बजे जयठाटीमा भएको यस दुर्घटनामा ३० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार, बसको ब्रेक फेल हुँदा यो घटना भएको हो।दुर्घटनामा परेर घटनास्थलमै एक महिला ज्यान गुमाउनुका साथै उपचारको क्रममा तारा श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ। घाइते व्यक्तिहरूलाई अर्घाखाँची अस्पतालमा उपचारको लागि पठाइएको छ। प्रहरीले घ
काठमाडौं–तीन दिनदेखि अवरुद्ध भएको हुम्लाको सिमकोट विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि उडान हुन नसकेको थियो।आज नेपालगञ्जदेखि तारा एयर र नेपाल एयरलाइन्सले एक-एक उडान भरेका छन्। सिमकोट विमानस्थल कार्यालयका अनुसार दुबै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान पनि ढुवानी गरेका छन्। सीता एयर र समिट एयर भने तीन दिनदेखि उडान भर्न सकेका छैनन्।दशैँ र तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप विस्तारै बढ्न थालेको छ। हुम्लादेखि बाहिर जाने यात्रुको चाप उच्च भए पनि नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुहरूको चाप भने कम रहेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.