काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या देखिएपछि केही दिनलाई भेटघाट बन्द गरिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

डेंगुको आशंकासहित रगत परिक्षणका लागि ल्याब पठाइएको उनले बताए । ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।