काठमाडौं–तीन दिनदेखि अवरुद्ध भएको हुम्लाको सिमकोट विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि उडान हुन नसकेको थियो।

आज नेपालगञ्जदेखि तारा एयर र नेपाल एयरलाइन्सले एक-एक उडान भरेका छन्। सिमकोट विमानस्थल कार्यालयका अनुसार दुबै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान पनि ढुवानी गरेका छन्। सीता एयर र समिट एयर भने तीन दिनदेखि उडान भर्न सकेका छैनन्।

OM Sai Pathibhara Hospital

दशैँ र तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप विस्तारै बढ्न थालेको छ। हुम्लादेखि बाहिर जाने यात्रुको चाप उच्च भए पनि नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुहरूको चाप भने कम रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।