पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।

रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार गरेकाे हो ।निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ । रास्वपाका कार्यकर्ताले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रमा लिएको छ ।

OM Sai Pathibhara Hospital

रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरामा प्रदर्शन गरिरहेको छ ।सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरू भने प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित प्रहरीले सात जना रास्वपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।

संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ ।