समाचार

    Showing 15,861-15,870 of 25,875 items.
  • सांसद ज्ञानेंन्द्र शाहीले रास्वपा सभापति रविको मानव अधिकारको रक्षा गर्न मांग

    काठमाण्डौ   ।   ज्ञानेन्द्र शाही लेख्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस । कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति  आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन। यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिनेछ। अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 313 पटक पढिएको
  • शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिन्छ; प्रचण्ड

    काठमाण्डौ  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै प्रचण्डले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने बताएका छन । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 412 पटक पढिएको
  • धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल थप उपचारका लागि दिल्ली रिफर

    धनगढी  ।  धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल बिरामी परेका छन। उनको मस्तिष्कको नसामा समस्या देखिएपछि  हिजो हमाललाइ आईसीयूमा राखेर धनगढीको माया मेट्रो अस्पताल राखेर उनको उपचार गराएको थियो भने आज थप उपचारका लागि दिल्ली रिफर गरिएको छ।शुक्रबार राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली रिफर गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 425 पटक पढिएको
  • ज्ञानेन्द्र शाही र तुलसी थापा भेटे रवि लामिछानेलाई

    काठमाण्डौ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।शाही मानवअधिकारकर्मी तुलसी थापासहित आज कास्की पुगेका हुन् । चितवनमा बयान लिएर सकिएको दिन लामिछानेलाई मध्यराति पोखरा पुर्याईएको समाचार बाहिरिएको छ ।धेरैले लामिछानेमाथि प्रहरीले धरपकड गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका छन् ।  लामिछानेको मानवअधिकारको रक्षाको ला

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 485 पटक पढिएको
  • सुनसरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    सुनसरी  । सुनसरीको देवानगञ्ज–हरिनगर सडक खण्डमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।शनिबार (आज) देवानगञ्ज–हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो ।ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो ।उराँवलाई हरिनगर गाउँपालिका–४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ । घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ ।भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयास समेत गरेका छन् ।घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवानगञ्ज–ह

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 305 पटक पढिएको
  • रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरालानु अमानवीय काम हो ; डा. शेखर

    काठमाण्डौ  ।   नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन् ।डा. शेखर कोइरालाले भने ´मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो विल्कुल गलत हो ।’

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 520 पटक पढिएको
  • मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी

    काठमाण्डौ  ।   यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन। सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । समावेशी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 390 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रद

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 435 पटक पढिएको
  • कानेपोखरीको होटलमा सुतेको पुरुष मृत भेटिए

    कानेपोखरी  ।   मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारको एउटा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मृतक डिल्लीशेर राईले सञ्चालन गरेको वान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेको थिए ।सुतेकै ठाउँमा शुक्रबार बिहान ५ः३० बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताए । उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ ।मृत फेला परेका पुरुष केही सम

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 270 पटक पढिएको
  • बिर्तामोड़ नगर क्षेत्रमा स्कूल बस दुर्घटना

    बिर्तामोड़  ।   झापाको बिर्तामोड बिर्ताबजार–घैलाडुब्बा सडकखण्डमा एक स्कुल बस दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारी अनुसार, बस अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनास्थलमा पुगेका स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन्।

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 313 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.