काठमाण्डौ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन। सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ।
वरिष्ठ उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । समावेशी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन आगामी २८ गते हुँदैछ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ। महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ।






































