सुनसरी  । सुनसरीको देवानगञ्ज–हरिनगर सडक खण्डमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

शनिबार (आज) देवानगञ्ज–हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो ।ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो ।

उराँवलाई हरिनगर गाउँपालिका–४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ । घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ ।भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयास समेत गरेका छन् ।घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवानगञ्ज–हरिनगर सडक खण्डमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

शनिबार (आज) देवानगञ्ज–हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो ।ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो ।उराँवलाई हरिनगर गाउँपालिका–४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ । घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ ।

भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयास समेत गरेका छन् ।घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।