काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ६ पैसा र बिक्र
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिम
काठमाण्डौ । लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ लगायत तीन गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा अश्लीलता र विकृति फैलाएको आरोप लगाउँदै ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ गीत हटाउन माग गर्दै उजुरी दिएको हो।तीनवटै गीतमा अभिनेत्री प्रियंका कार्की, गायक सुनिल क्षेत्री लगायतका कलाकारहरू देखिएका छन्। उजुरी संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीलाई बुझाएका हुन्।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकास भइरहेको जानकारी दिए । ‘मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकीमाग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नती स्थापनाको जोड देशव्यापी छ,’ उनले भने,‘नागरिकमा प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’त्यसैगरी नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आगामी आ.व. २०८२/०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन्।महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो ।‘अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएकाहरू नफर्किएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार युवराज सफलले आयोगमा उजुरी दर्ता गराएका हुन् । गत असार १६ गतेदेखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।
रौतहट – श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ ।छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो । विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । उनका अनुसार शिक्षक
काठमाण्डौ । एयरलाइन्स कम्पनीहरूले निर्धारित मिति र समयमा उडान गर्न नसके तीन विकल्प दिनुपर्नेछ ।संस्कृति पर्यटन तथा मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।प्रस्तावित मस्यौदामा एयरलाइन्स कम्पनीले तोकिएकै समयमा उडान गर्न नसकेमा यात्रुलाई तीन वटा विकल्प दिनुपर्ने व्यवस्था गरिएको छ ।पहिलो:- सम्बन्धित वायुसेवाको उडान हुन नसक्ने भएमा सोही खण्डमा उडान गर्ने अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउनुपर्नेछ ।दोस्रो:- यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्यसम्म त
तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग खण्डमा प्रहरीले चेकजाँचको क्रममा नियन्त्रित लागु औषधसहित दुई महिलालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–५ निवासी ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन छन्। उनीहरूलाई चेकजाँचका क्रममा कालो रंगको झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषधसहित फेला पारिएको हो।पक्राउ परेकाहरूको साथबाट Diazepam, Phenergan र Buprenorphine गरी कुल २,५९८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक औषधिको मात्रा ८६६–८६६ एम्पुल रहेको छ।दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.