तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग खण्डमा प्रहरीले चेकजाँचको क्रममा नियन्त्रित लागु औषधसहित दुई महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–५ निवासी ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन छन्। उनीहरूलाई चेकजाँचका क्रममा कालो रंगको झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषधसहित फेला पारिएको हो।

पक्राउ परेकाहरूको साथबाट Diazepam, Phenergan र Buprenorphine गरी कुल २,५९८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक औषधिको मात्रा ८६६–८६६ एम्पुल रहेको छ।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।