काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएकाहरू नफर्किएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आइतबार युवराज सफलले आयोगमा उजुरी दर्ता गराएका हुन् । गत असार १६ गतेदेखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।