काठमाण्डौ  ।  एयरलाइन्स कम्पनीहरूले निर्धारित मिति र समयमा उडान गर्न नसके तीन विकल्प दिनुपर्नेछ ।

संस्कृति पर्यटन तथा मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।प्रस्तावित मस्यौदामा एयरलाइन्स कम्पनीले तोकिएकै समयमा उडान गर्न नसकेमा यात्रुलाई तीन वटा विकल्प दिनुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो:- सम्बन्धित वायुसेवाको उडान हुन नसक्ने भएमा सोही खण्डमा उडान गर्ने अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउनुपर्नेछ ।

दोस्रो:- यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्यसम्म तत्काल यात्रा गराउन सकिने अन्य कुनै विकल्प सो अनुरूप यात्रा गराउनुपर्नेछ ।

तेस्रो:-  यात्रुको टिकट बापतको रकम फिर्ता दिने सुनिश्चित गरी टिकट रद्द गर्न सक्ने छन् ।