समाचार

    Showing 12,061-12,070 of 25,765 items.
  • विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिए । उनले लेखेका छन्,‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 460 पटक पढिएको
  • ब्राउन सुगरसहित चार जना पक्राउ

    विराटनगर— मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–९ स्थितमा चेकजाँचका क्रममा भारत बिहार, सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय शेर मोहमदलाई पक्राउ गरेको हो। उनीहरूबाट ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 468 पटक पढिएको
  • बाँस झ्याङमा वेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद

    विराटनगर— सुनसरीको रामधुनी नगरपालिका–७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । विहीबार  इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट गस्तीमा खटिएको प्रहरी टोलीले १० वटा प्लास्टिकको पोकामा प्याक गरी राखेको बेवारिसे अबस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद गरेको हो ।  बेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्ति खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 497 पटक पढिएको
  • खानेपानीको समाचार लेखेपछि धम्की खेपेका पत्रकारले गरे आत्महत्या

    काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 1,046 पटक पढिएको
  • ललितपुर महानगरका तत्कालीन मेयर बुद्धिराज बज्राचार्यको निधन

    काठमाडौं— ललितपुर महानगरपालिकाका (तत्कालीन उपमहानगर) पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधन साउन २ गते भएको हो ।ललितपुरको कला, संस्कृति र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिएका बज्राचार्य २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री बनेका थिए ।उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए, जो एमालेबाट ललितपुरको मेयर जित्ने अहिलेसम्मका एकमात्र जनप्रतिनिधि हुन् ।२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट राजनीतिमा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च चुनिएका थिए । २०४६ साल

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 555 पटक पढिएको
  • कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

    काठमाडौं— नेपाली कांग्रेसभित्र बढ्दो गुटउपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै नेताहरूले एकताको आवश्यकता औंल्याएका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई गुटगत राजनीति भन्दा माथि उठाएर एकजुट बनाउनुपर्नेमा जोड दिए।कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतान्त्रिक मूल्य र पार्टीको बलियो भविष्यका लागि सबै कार्यकर्तालाई एक ठाउँमा उभिन आग्रह गरे। “पार्टी कार्यकर्ता गुटमा विभाजित हुँदा पार्टी कमजोर भएको छ,” उनले भने, “पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ।”भक्तपुर जिल्ला सचिव राजेश खड्काले गुट

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 575 पटक पढिएको
  • पहिरोमा पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी कार्य जारी

    पर्वत— पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको प्रहरी प्रमुख विष्टले बताए । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।गए रातिदेखि परेको भारी वर्षा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 413 पटक पढिएको
  • धनगढीमा हत्या गरेर शव गाडिएको अवस्थामा फेला, भान्जा र भाइ पक्राउ

    कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 447 पटक पढिएको
  • नेपाल मेडिकल कलेजमा रोजगारको अवसर

    काठमाडौं— नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । कलेजले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट  माग गरेको छ ।कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जना

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 689 पटक पढिएको
  • आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

    काठमाडौं— राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए। “आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई रु आठ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो”, उनले भने, “कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 614 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.