फिदिम । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार ११० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ
काठमाण्डौ । नौ किलो गाँजाहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको नमोबुद्ध नगरपालिका– ९ बस्ने विश्वास मोक्तानले गाँजा बोकेर हिँडिरहेको छ भन्ने विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले गाँजासहित ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको अनुसार धुलिखेल नगरपालिका वडा नम्बर– ७ बाट ती युवकलाई गाँजासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धन भइरहेको बताइएको छ ।
काठमाडौँ । सरकारले आगामी वर्ष विक्रम संवत् २०८१ सालमा दिइने सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ।मन्त्रिपरिषद्को यही पौष ५ र १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राम नवमी पर्व तथा माघ १६ गते सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइन ।मन्त्री शर्माले आगामी वर्षका लागि कार्यालय समय तथा अन्य बिदाहरू भने यथावत् रहेको बताइन ।यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट उद्यो
काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगज
काठमाण्डौ । नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर सन्दिप लामिछाने दोषी ठहर भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दिपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो।राष्ट्रिय क्रिकेट टिमका प
काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् ।यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । प्
काठमाडौं । ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।मृतकको सनाखत भएको छैन् । प्रहरीको गोली लागेर अर्का एक जना प्रदर्शनकारी घाइते छन् । उनको उपचार icu मा राखेर भइरहेको छ घाइतेको अबस्था चिन्ताजनक भन्ने बुझीएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरिले हवाई फायर गरिएको छ ।सोही क्रममा २&nb
काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो । नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको ह
बिर्तामोड । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको घटनास्थलमा नै मृत्यु भएका थियो ।हात्तीले घर तोडफोड गर्दा एक लाख ५० हजार बराबरको क्षति भएको छ । झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.