कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।
३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।
प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भाइ पदम गिरीलाई हत्या घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको छ। दुवैजनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।