काठमाडौं— नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । कलेजले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट  माग गरेको छ ।

कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको छ ।

विगत २५ वर्षदेखि नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा अनवरतरुपमा योगदान पुर्याउँदै आइरहेको कलेजले स्वास्थ्य क्षेत्रका नविनतम प्रविधिहरु भित्र्याउँदै सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिई रहेको छ ।

687c350fa4260