समाचार

    Showing 11,851-11,860 of 19,804 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु लागेको छ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रह

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 286 पटक पढिएको
  • सलकपुरमा भएको दुर्घटनामा एकको मृत्यु

    बिराटनगर  ।  मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।पुर्व पश्चिम राजमार्गमा बुधबार राति अन्दाजी  १ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो।दुर्घटनामा परि बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 206 पटक पढिएको
  • उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइराला

    काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । विभागलाई गति दिन नसकेपछि, उद्योगीहरूको हितमा काम गर्न नसकेको गुनासोपछि गौतमलाई तान्नु परेको मन्त्रालय  स्रोतको दाबी छ।विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ । देशको उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विभागमा पछिल्लो समय नियमित कामकाज र आफ्ना रहर पुरा गर्ने निकायका रूपमा लिइँदै आइएको देखिन्छ । औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 244 पटक पढिएको
  • सरकारले ल्यायो अध्यादेश

    काठमाडौँ । सरकारले बजेट र नीति तथा कार्यक्रमलाई ‘जनमुखी’ बनाउने उद्देश्यले बजेट ल्याउनु अघि प्राप्त सुझावलाई समावेश गर्ने समयतालिका समेटिएको अध्यादेश ल्याएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको छ ।प्रि–बजेट र औपचारिक–अनौपचारिक छलफलबाट प्राप्त हुने सुझावलाई व्यवस्थित रुपमा बजेट र नीति तथा कार्यक्रममा समेट्न अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्र्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । प्रि–बजेटमा छलफलको मिति तो

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 268 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड’ आज युगाण्डा प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज माघ ४ गते युगान्डा भ्रमणमा गएका हुन। बिहान २:१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहेको मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘साझा विश्वव्यापी समृद्धिका ला

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 266 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी  भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही ब

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 222 पटक पढिएको
  • लागूऔषधसहित रिक्सा चालक पक्राउ

    पर्सा  । प्रहरीले ठूलो परिमाणामा लागूऔषधसहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन्।सडक चेकजाँच गर्ने क्रममा रिक्सामा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।लागूऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 257 पटक पढिएको
  • वडा अध्यक्ष वादे १५ लाख घुससहित पक्राउ

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।अध्यक्ष वादेले बाटो सिफारिसका लागि घुस माग्दै आएका थिए । उनका चालक पदम बहादुर प्रधानलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । साथै उनको गाडी पनि बरामद गरिएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 378 पटक पढिएको
  • महिला र पुरूषको जङलमा शव फेला

    काठमाण्डौ ।  दाङको तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरियास्थित सिद्धदेव सामुदायिक वनमा एउटै रुखको हागामा फेला परेको छ। दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिएका छन । मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए । मृतकहरूको उमेर अन्दाजी

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 372 पटक पढिएको
  • उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

    काठमाडौं। सरकारले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कम्बोडिया जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक तोकिएको हो।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 167 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा